हेडलाईनसमाचारदेवघाटगण्डकी

तनहुँ जिल्लाको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा अति रुद्राभिषेक एवम् हवन महायज्ञको आज तेस्रो दिन

तनहुँ ३० साउन २०८१ बुधवार । तनहुँ जिल्लाको पवित्र धार्मिक तीर्थस्थल देवघाट धाममा सञ्चालित  अति रुद्राभिषेक एवं हवन महायज्ञको आज तेस्रो दिन पुगेको छ। .देवघाट गाउँ पालिका वडा नं ५ मा रहेको श्रीहरिहर सन्यास आश्रयमा यहि २८ गते सोमवारका दिन देखि सुरु भएको  महायज्ञको आज तेस्रो दिन पुगेको हो। 


राष्ट्रकल्याण , शान्ति तथा जीवजन्तुका लागि भगवान शंकरलाई जलधारा अभिषेक गरेमा शान्ति मिल्ने पुण्य विश्वासका साथ उक्त यज्ञ सुरु गरिएको हरिहर सन्यास आश्रम देवघाटका व्यवस्था प्रमुख एवं परमानन्द संस्कृत गुरुकुल विद्यापीठका प्राचार्य स्वामी सच्चिदानन्द सरस्वतीजी महाराजले बताए ।

श्री हरिहर सन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द  सरस्वती महाराज एवम् उपाध्यक्ष श्री १००८ स्वामी विवेकानन्द सरस्वती महराराजको पावन सन्निध्यमा अति रुद्राभिषेक महोत्सव सुरु भएको हो ।

स्वामी मित्रानन्द सरस्वती महाराज सहजकीका रूपमा रहेका उक्त महोत्सव हरिहर सन्न्यास आश्रम एवम् परमानन्द संस्कृत गुरुकुल विद्यापीठको आयोजनामा साउन ३२ गते सम्म  सञ्चालन हुने बताइएको छ। महोत्सवमा वरणी गरेका १ सय ६१ ब्राम्हणहरु तथा हजारौं भक्तजनहरुको सहभागीता रहेको हरिहर सन्न्यास आश्रम देवघाटका व्यवस्था प्रमुख एवम् परमानन्द संस्कृत गुरुकुलम्  विद्यापीठका प्राचार्य स्वामी सच्चिदानन्द सरस्वतीजी महाराजले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button