हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : धेरै प्रदेशमा वर्षा

प्रहार समाचार ३० साउन २०८१ बुधबार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज विहानैदेखि मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको  भइरहेको छ ।

आज दिउँसो सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशखाले जनाएको छ । 

राति बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको निर्यामत बुलेटिनमा उल्लेख छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button