हेडलाईनसमाचारगण्डकीसूचना प्रविधि

सेती नदी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न

प्रहार समाचार । पोखरा ३० साउन २०८१ बुधवार । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा विसं २०७७ को अन्तिमदेखि काम शुरू भएको पच्चीस मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ ।
आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ ।

तस्विर : फाइल फोटो

आयोजनाको निर्माणतर्फका सबै काम सकिएको छ । आज पेनस्टक पाइपमा पानी हालिने  त्यसपछि वेटटेस्ट (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने) को काम शुरू गरिने प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए ।

सेती नदी जलविद्युत् आयोजनामा पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आईपीओ जारी गरेर पूरा गरिएको आयोजनाका निर्देशक बमबहादुर गुरुङले बताए । 

आयोजनाले ‘वेटटेस्ट’को काम सकिएको दुई साताभित्रमा परीक्षण उत्पादन शुरू हुने जनाएको छ। क


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button