हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको मुसेखोलामा मोटरसाइकल दुर्घटना

प्रहार समाचार । तनहुँ २९ साउन २०८१ मङ्गलवार । तनहुँको व्यास नगरपालिका वडा नं १  मुसेखोला नजिकै आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकल चालक गम्भि घाईते भएका छन् ।

दमौलीबाट डुम्रे जाँदै गरेको ग १२ प १०३० नम्वरको मोटरसाईकल डुम्रेबाट दमौली तर्फ आउदै गरेको ग २ ख १७३१ नम्वरको बससँग ब्यास १ मुसेखोलामा ठोक्किदा मोटरसाईकल चालक ज्ञानजङ गुरुङ गम्भिर घाइते भएका हुन् ।

मोटरसाईकलले टिप्परलाई ओभरट्याक गर्ने खोज्दा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी  कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिए ।  दुर्घटनाबाट गम्भिर घाईते भएका गुरुङ्गको दमौलीको रत्नहरी अस्पतालमा सामान्य उपचार पश्चात पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button