हेडलाईनसमाचारदेवघाटगण्डकी

सम्पादक  नहर्की सम्मानित

प्रहार समाचार । तनहुँ २९ साउन २०८१ मङ्गलवार । नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व उपसभापति एवं प्रहार अनलाइन मिडियाका सम्पादक शंकरराज नहर्की सम्मानित भएका छन्।
तनहुँको पवित्र देवघाट धाममा आयोजित अतिरुद्राभिषेक महायज्ञका अवसरमा उत्कृष्ट समाचार संकलन र सम्प्रेषण गरेकोमा हरिहर सन्न्यास आश्रम देवघाट  ५ तनहुँका पीठाधीश अनन्त विभूषित ज्ञानानन्द सरस्वतीजी महाराजले नहर्कीलाई आज सम्मान गरेका हुन् ।

१ सय ६२ ब्राह्मणहरूलाई वरणीय गराई तनहुँको पवित्र देवघाट धाममा रहेको हरिहर सन्न्यास आश्रममा राष्ट्रकल्याण, जीव कल्याणका लागि भगवान शंकरलाई जलधाराले अभिशेष गरेमा शान्ति मिल्ने विश्वासका साथ  सबैको शान्ति र कल्याणका लागि हिजो बाट उक्त यज्ञ सुरु भएको हो।


त्यस अबसरमा बोल्दै नेपाली लेखक संघ तनहुँका अध्यक्ष समेत रहेका म नहर्कीले तनहुँमा रहेर रेडियो, पत्रिका , टेलिभिजन तथा अनलाईन पत्रिकामा  समग्र तनहुँ जिल्लाको हरेक समाचारलाई जनसमक्ष पुऱ्याउने काममा आफू  दत्त चित्त दिएर अगाडी बढ्ने बताए ।  


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button