प्रहार समाचार । काठमाडौँ २९ साउन २०८१ मङ्गलवार । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा आशा जगाई हरेक काममा प्रभावकारिता ल्याउन फरक धारको पत्रकारिता जरुरी भएको बताएका छन् ।

विभिन्न लेखक एवं सञ्चारकर्मीहरूसँग सोमबार काउन्सिलमा भएको अन्तरक्रियामा अध्यक्ष बस्नेतले भने, ‘हरेक क्षेत्र, व्यक्ति, संस्था असफल भएको भाष्य निर्माण गर्न जानीनजानी मिडिया क्षेत्र पनि लागेको देखिएको छ । सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छ । यो बेला मिडियाले रचनात्मक र सृजनात्मक पत्रकारिता गरी गलत भाष्यलाई चिर्नुपर्ने जरुरी भएको छ ।’
सञ्चार क्षेत्रको प्रवर्द्धन र प्रभावकारिताका लागि प्रेस काउन्सिल नेपालले रचनात्मक पत्रकारिता अभियानलाई देशव्यापी बनाइने उनेले बताए । ‘सबैतिर नकारात्मकता र नैराश्यता पक्कै छैन । आशाको बाटो डोर्याउने काम समेत पत्रकारिताको हो ।’ अध्यक्ष बस्नेतले थपे ।
ह
























