हेडलाईनसमाचारबन्दीपुरगण्डकी

बन्दीपुरमा साउन १ गतेदेखि सुरु भएको शिव महिमा उत्सव सम्पन्न

प्रहार समाचार । तनहुँ २८ साउन २०८१ सोमवार । पहाडकी रानी उपनामले समेत परिचित पर्यटकीय एवं धार्मिक नगरी बन्दीपुरमा साउन १ गतेदेखि सुरु भएको शिव महिमा उत्सव आज सम्पन्न भएको छ ।


श्रावण महिनाको अन्तिम सोमबार आज  एक कार्यक्रमका बीच समापन गरिएको हो । समापन सत्रमा पुराण कथा बाचन पंडित दिपक सापकाटा , व्यास अन्न क्षेत्रका मूल संरक्षक शान्ति  स्वरूपानंद  दामोदर बाबाले सनातन हिन्दु धर्मको महत्वको विषयमा चर्चा गरेका थिए । 
साउन १ गतेदेखि निरन्तर शिव आराधना तथा सन्ध्याकालीन आरती र हरेक सोमबार हुँदै आएको मर्स्याङ्दी नदी, सिद्धेश्वर महादेव, केबलकार यात्रा, खड्ग देवी मन्दिर विन्दवासिनी मन्दिर हुँदै तिन धारे शिव ज्योतिर्लिंग सम्मको बोलबम यात्राको समापनका अवशरमा धार्मिक सांस्कृतिक कार्यक्रम र एक दिने संगीतमय शिब पुराण कथा बाचन, तिन धारेको १२ औं सताप्दी पुरानो महत्वपूर्ण शिव ज्योतिर्लिंगको पूजा, सिद्धेश्वर भजन समूह ढुँगेसाँघु कास्कीको भजन किर्तन, विभिन्न आमा समूह तथा धार्मिक संस्थाहरुको झाँकी र भजन किर्तन प्रस्तुत गरिएको  शिव महि  मा उत्सव मूल आयोजक समितिका अध्यक्ष किरण पोख्रेलले बताए।


    समापन तथा दिव्य महाआरती कार्यक्रम बन्दीपुरको तिनधारा परिसरमा हजारौँ भक्तजनहरूको सहभागितामा  गरिएको बन्दिपुर केवलकार एण्ड टुरिजम प्रालिका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए  ।


यस कार्यक्रमले बन्दीपुरको धार्मिक पर्यटनको प्रवर्द्धन गरेको तथा आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनु पर्ने आगन्तुकहरूले बताएका छन् ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button