हेडलाईनव्याससमाचारगण्डकी

भानुभक्त प्राणी उद्यानबाट प्रभावित बासिन्दा मुअब्जा रकम नपाए पछि  आन्दोलित

प्रहार समाचार । तनहुँ श साउन २०८१ सोमवार । लामो समय देख सरकाले मुअब्जा नदिएपछि तनहुँको व्यास नगरपालिका–१३ छिर्कनेमा रहेको निर्माणधिन भानुभक्त प्राणी उद्यानको प्रभावित बासिन्दा  आन्दोलित भएका छन् ।

आज आन्दोलित स्थानीय बासिन्दाले  मुआब्जा रकम तुरुन्त वितरण गर्नु माग राख्दै तनहुँको सदरमुकाम दमौली स्थित जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्ना दिएका छन् ।
तनहुँको व्यास नगरपतीय वडा नं. ११ र १२ तथा भानु नगरपालिकाका वडा नम्बर ५ र ६ क्षेत्रलाई समेटिएर राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नाममा निर्माण भईरहेको भानुभक्त प्राणी उद्यान समक्ष मुआब्जा रकमको लागि पटक पटक माग राखेपनि पुरा नभएपछि आन्दोलन गर्नु परेको जग्गा धनी समन्वय समितिका संयोजक हर्कबहादुर कार्कीले बताए।   कार्कीका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको घरजग्गा मूल्याङ्कन समितिले चार वर्ष अघि नै मूल्य निर्धारण गरिसकेको भएपनि अभैसम्म पनि  मुआब्जा पाउन नसकिएकोले आन्दोलनको साहरा लिन परेको हो ।


वन मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, प्रधानमन्त्री, राष्ट्रपति समक्ष समेत पुगेर मुआब्जाको लागि माग गरेपनि सुनुवाई नभएको संरक्षण समितिका संयोजक प्रकाश मल्ल टाइसनले बताए ।

प्राणी उद्यानको लागि १ सय ४६ जनाको निजी घर तथा जग्गालाई अधिग्रहण गर्ने निर्णय बमोजिम प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको समितिले मुआब्जा रकम निर्धारण गरिएको थियो । स्थानीय र सार्वजानिक जग्गा समेत गरि ४ सय २५ हेक्टर क्षेत्रफलमा २०७३ साल माघ २० गतेको नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार २०७४ वैशाख १८ गते राजपत्रमा सूचना प्रकाशित गरी भानुभक्त प्राणी घोषणा भएको हो ।


माग पुरा भएकोले आइतबार भानुभक्त प्राणी उद्यानको कार्यालयमा तालाबन्दी गरी कार्यालय घेराउ गरिएको र आज  र भोलि पनि  जिल्ला प्रशासन कार्यालयमा धर्ना जस्ता विरोध कार्यक्रम तय भएको र माग पुरा नभए सम्म आन्दोलन जारिरहने स्थानिय राजन पन्थको भनाई रहेको रहेको छ।

तस्वीरहरु : अमरराज नहर्की


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button