हेडलाईनसमाचारदेवघाटगण्डकी

तनहुँको देवघाटमा रहेको हरिहर सन्यास आश्रममा  अतिरुद्राभिषेक  महोत्सव सुरु

प्रहार समाचार । तनहुँ २८ साउन २०८१ सोमवार । तनहुँ जिल्लाको पवित्र धार्मिक तीर्थस्थल देवघाट धाममा आजबाट पाँच दिने अति रुद्राभिषेक एवं हवन महायज्ञ सुरु भएको छ।

देवघाट गाउँ पालिका वडा नं ५ मा रहेको श्रीहरिहर सन्यास आश्रयमा उक्त महायज्ञ सुरु भएको हो । राष्ट्रकल्याण , शान्ति तथा जीवजन्तुका लागि भगवान शंकरलाई जलधारा अभिषेक गरेमा शान्ति मिल्ने पुण्य विश्वासका साथ उक्त यज्ञ सुरु गरिएको हरिहर सन्यास आश्रम देवघाटका व्यवस्था प्रमुख एवं परमानन्द संस्कृत गुरुकुल विद्यापीठका प्राचार्य स्वामी सचितानन्द सरस्वतीजी महाराजले बताए ।


श्री हरिहर सन्यास आश्रमका अध्यक्ष पीठादिश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको पावन सामनिध्यतामा अति रुद्राभिषेक महोत्सव सुरु भएको ह । महोत्सव आजबाट सुरु भई साउन ३२ गतेसम्म सञ्चालन हुने बताइएको छ।


महोत्सवमा १ सय ६२ ब्राह्मणहरूले वरणीय गरेर मन्त्रचारण गरी कार्यक्रम भइरहेको र हजारौं भक्तजनहरूको सहभागिता रहने विद्यापीठका प्राचार्य सच्चिदानन्द महाराजले प्रहार समाचारलाई बताए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button