हेडलाईनसमाचारभानुगण्डकीखेलकुद

१७औं भानु कप फूटबल प्रतियोगिताको उपाधि च्याङ्ली स्पोर्ट क्लब गोर्खालाई

प्रहार समाचार । तनहुँ २७ साउन २०८१ आइवार । तनहुँ जिल्लाको भानु नगरपालिकामा  जिल्लाको सर्बाधिक पुरस्कार राशीको १७ औं भानु कप फूटबल प्रतियोगिताको उपाधि च्याङ्ली स्पोर्ट क्लब गोर्खाले हातपनि सफल भएको छ। उपाधि संङ्गै क्लबले नगद २ लाख ५० हजार २ सय ११ रुपैयाँ नगद सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो। त्यसैगरि उपबिजेता लिभिक कन्ट्रक्सन शुक्लाले एक लाख २५ हजर २ सय ११ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त हात पार्न सफल भयो ।

हजारौं दर्शकबिच भएको आजको फाइनल खेलमा च्याङ्ली स्पोर्ट क्लब गोर्खाले लिभिक कन्ट्रक्सन शुक्ला लाई  १ – ० गोल अन्तरले हराउन सफल भयो। प्रतियोगितामा सेमीफाइन फाइनलमा पुगेका भानु स्थित  फ्रेन्डसिप युवा क्लब र चितवनको सूर्यपुर एफएसी क्लबलाई नगदहरू २५ हजार २ सय ११ प्रदान गरिएको थियो।


प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद र ५ हजार २ सय११ ट्रफी,मेडल, प्रमाणपत्र , उत्कृष्ट गोल रक्षकलाई नगद  ५ हजार २ सय ११ ट्रफी,मेडल,प्रमाणपत्र , सर्बाधिक गोलकर्तालाई नगद ५ हजार २ सय ११ र ट्रफी,मेडल,प्रमाणपत्र प्रदान गरिएको  प्रचार प्रसार समितिका राजेश कार्कीले जानकारी दिए ।

विजयी खेलाडीहरूलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व वन मन्त्री एवं संघीय साँसद शंकर भण्डारीले ट्रफी,मेडल,प्रमाणपत्र प्रदान गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button