आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

बाह्मण समाजद्धारा आँबुखैरेनीमा प्रशिक्षण

प्रहार समाचार । तनहुँ २७ साउन २०८१ आइतवार । ब्राह्मण समाज नेपाल आबुखैरेनी गाउँपालिका–१ को आयोजनामा समाजका आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा प्रमुख अतिथि ब्राह्मण समाज नेपाल जिल्ला कार्यसमिति तनहुँका अध्यक्ष कृष्ण चन्द्र पाण्डेले जातीय सद्भाव कायम राख्दै समाजको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रमहरू गर्दै ब्राह्मणहरूको आचरण ,  संस्कार  , संस्कृति जर्गेनाको लागि हर तहबाट सबैले आआफ्नो ठाउँबाट  योगदान दिनुपर्ने कुरामा जोड दिए ।


कार्यक्रममा  वेद अनुयायी प्रतिष्ठान का अध्यक्ष कृष्णकान्त काफ्ले, जिल्ला कार्यसमितिका कोषाध्यक्ष गङ्गाप्रसाद पोख्रेल, आँबु खैरेनी गाउँ समितिका अध्यक्ष गङ्गाराम कोइराला जिल्ला कार्य समितिका सदस्य गोविन्दराज पन्त, जिल्ला कार्यसमितिका सदस्य गोविन्दराज पन्त, महेन्द्र मोहन भट्टराई, अचुत वाग्ले, गोपाल पौडेल, नानीराम अधिकारी ईश्वर वाग्ले र उपेन्द्र चापागाईं लगायतले समाजको आवश्यकता र भावी कार्यदिशाको बारेमा प्रष्ट पारेका थिए।


सो अवसरमा आजीवन सदस्यहरूलाई प्रमाणपत्र र जिल्ला कार्यसमिति तनहुँबाट प्रकाशित गरिएको प्रथम स्मारिका (पाञ्चजन्य नामक पुस्तक)एक/ एक थान प्रदान गरिएको थियो ।   कार्यक्रम वडा समितिका अध्यक्ष रामचन्द्र पण्डितको सभापतित्वमा भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button