हेडलाईनसमाचारप्रदेश

जुवाको खालबाट कोशी प्रदेशका नेकपा एमालेका  पूर्व मन्त्री एवं प्रदेश सांसद राजभण्डारी पक्राउ

प्रहार समाचार । गौरीघाट २७ साउन २०८१ आइतवार ।  जुवा खेलिरहेका बेला कोशी प्रदेशका नेकपा एमालेका  पूर्व मन्त्री एवं प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी पक्राउ परेका छन्।

काभ्रे घर भएर गौरीघाटमा बस्दै आएका राजु महतको घरमा शनिबार अपरान्ह जुवा खेलिरहेका बेला राजु महतको घरबाट हिंजो  सांसद भण्डारी सहित सहित ११ जनालाई प्रहरी वृत्त गौशालाको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अन्य पक्राउ पर्नेहरुमा सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्व अध्यक्ष वीरबहादुर राई, उत्तमकुमार राई, अनिश तामाङ, ठूला तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत, माधव थापा र कलाकार पुरुषोत्तम शर्मा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

पुरुषोत्तम शर्मा टेलिसिरियल ‘सक्किगोनि’का कलाकार समेत हुन् । जुवाको खालबाट प्रहीले नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक तास बरामत गरेको छ। उनिहरुलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । पक्राउ परेका जुवाडेमाथि जुवा ऐनमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button