हेडलाईनसमाचारगण्डकीस्वास्थ्य

लमजुङको नमुना अस्पतालले एक बर्षमा ५० लाख बराबरको नि:शुल्क सेवा प्रदान

• विजय  अधिकारी ।  ( लमजुङ संवाददाता ) । २७ साउन २०८१ आइतवार । लमजुङको सुन्दरबजार नगरपालिकामा रहेको नमूना सामुदायिक अस्पतालले एक बर्षको अबधिमा सर्व-साधारण विरामीहरुलाइ झण्डै ५० लाख बराबरको नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।


एक बर्षको अवधिमा नमूना अस्पतालमा १४ हजार ३ सय ९२ जना विरामीले बहिरङ्ग सेवा , ८ सय ३६ जना विरामीले अंतरङ्ग सेवा र २ हजार ५ सय ३८ जना विरामीले आकस्मिक सेवा पाएका नमूना  अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार – गत आर्थिक बर्षमा २ हजार ७ सय १५ जना महिला र १ हजार ५ सय ३६ जना पुरुषले नि: शुल्क उपचार पाएका थिए । नमूना अस्पतालमा एक बर्षको अवधिमा १ हजार १ सय ४३ जनाको शल्यक्रिया भएको थियो । गत आर्थिक बर्षमा अस्पतालमा १ हजार ९ सय ३१ जनाले भिडियो एक्सरे सेवा , ७ हजार ४सय ९० वटा ल्याब परीक्षण सेवा , ७ सय ७ वटा ईसीजि सेवा र ४ हजार १८ वटा एक्सरे सेवा दिइएको अस्पतालले जनाएको छ।
त्यसैगरी अस्पतालमा २३ जना महिलाले सुत्केरी सेवा पाएकोमा ८ जनाको शल्यक्रिया गरिएको थियो । भने एक बर्षको अवधिमा २ सय ९७ जनाको गर्भवती परीक्षण गरिएको र ३ सय ६२ जनालाई मनोविमर्श सेवा दिइएको थियो ।

गत बर्ष अस्पतालले १४ वटा टेलिमेडिसिन सेवा , ३ हजार ३ सय ३९ जनालाई दन्त सेवा र विभिन्न स्थानमा सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य परीक्षण तथा वृहत् शिविरमा ३ हजार ३ सय जना लाभान्वित भएका छन् भने पछिल्लो समय फिजियो थेरापी सेवा सञ्चालन गर्दा ४ सय ७३ जनाले प्रत्यक्ष सेवा पाएका नमूना अस्पतालका प्रमुख श्रेष्ठले प्रहार समाचारलाई जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button