हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारसूचना प्रविधि

ब्राजिलमा  जहाज दुर्घटना  :  ६१ जनाको मृत्यु

प्रहार समाचार । ब्राजिल २६ साउन २०८१ शनिवार । ब्राजिलमा वोयपास एयरलाइन्सको एटीआर-७२ जहाज दुर्घटना हुँदा ६१ जनाको मृत्यू भएको छ।
तस्विर : एपी ।

 

ब्राजिलको साओ पाउलो नजिक विन्हेडो सहरमा शुक्रबार स्थानीय समयअनुसार दिउँसो साढे १ बजे जहाज दुर्घटना हुँदा जहाजमा ५७ यात्रु र चालक दलका ४ सदस्यको निधन भएको रहेको  उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

समाचार संस्था रोयटर्सका अनुसार विमान पराना राज्यको कास्केवेलबाट साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थल जाँदै थियो। साओ पाउलोमा सेमिनारमा भाग लिन जाँदै गरेका डाक्टरहरू उक्त जहाजमा सवार थिए।   साओ पाउलोबाट लगभग ८० किलोमिटर उत्तरपश्चिम विन्हेडो शहरस्थित एउटा घरनजिकै जहाज खसेर दुर्घटना भएको हो। 

दुर्घटनापछि विमान कम्पनीले विज्ञप्ती जारी गरेर भनेको छ, ‘फ्लाइट २२८३ मा सवार सबै ६१ जनाको दुर्घटनास्थलमै मृत्यु भएको जानकारी गराउनुपर्दा हामी दुःखी छौं। यो समय वोयपास पीडितका परिवारलाई सहायता गर्ने विषयलाई प्राथमिकतामा राख्छ। दुर्घटनाको कारण पत्ता लगाउन अधिकारीहरूलाई सहयोग गरिरहेका छौं।’



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button