प्रहार समाचार । काठमाडौँ २६ साउन २०८१ शनिवार । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हिंजो सम्ममा १ सय ७० जनाको मृत्यु भएको छ ।

मृत्यू हुनेमा गण्डकी प्रदेशमा सबैभन्दा बढि रहेको छ। विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको हो ।




















