प्रहार समाचार । तनहुँ २६ साउन २०८१ शनिवार । तनहुँ जिल्लामा दिनप्रतिदिन डंगी संक्रमितको संख्या बढ्दै जान थालेको छ।

जिल्लाको आँबुखैरेनी गाउँपालिकामा सबैभन्दा बढी ५ सय ५४ जना डंगी संङ्क्रमित फेला परेका छन्। स्वास्थ्य कार्यालय तनहुँका शंकरबाबु अधिकारीका अनुसार शुक्लागण्डकी नगरपालिका मात्रै संङ्मितको संख्या १ सय ५ पुगेको छ। त्यसै गरि बन्दीपुर गाउँ पालिकामा ३६ जना सङ्क्रमित फेला परेका छन्। यता व्यास नगरपालिकामा ५७ जना संङ्क्रमित फेला परेका छन्। यसरी जिल्लामा हाल सम्म ७ सय ५४ मा संङ मित पुगेका छन्। यो तत्याङ्क हिजो शुक्रवार सम्मको हो।
आँबुखैरेनीमा सेङ्क्रमितको संङ्ख्या ह्वात्तै बढेपछि स्वास्थ्य कार्यालय तनहुँका प्रमुख विद्या तमाङ सहितको टोली आँबुखैरेनी प्रभावित क्षेत्रमा पुगेको छ। आँबुखैरेनी अस्पताल विरामीले भरिएको छ। यसैगरी दपौली अस्पताल तथा जीपि कोईराला श्वास प्रश्वास केन्द्रमा छुट्टै वडको व्यवस्था गरि बिरामीहरुको उपचार गरिएको अस्पतालले जनाएको छ ।





















