प्रहार समाचार । तनहुँ २० साउन २०८१ आइतवार । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ गाछेपानीमा रहेकाे मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा ‘शिव महिमा बाेलबम धार्मिक महाेत्सव ‘ हुने भएकाे छ । भोली देखि २८ गते सम्म सञ्चालन हुने धार्मिक अनुष्ठानको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गर्ने धामका अध्यक्ष हाेमनाथ लम्साल अर्जुनले जानकारी दिए ।

धार्मिक महोत्सवमा माधुर्य कथावाचक बालकृष्ण अर्यालले कथा प्रवचन गर्नेछन् । महोत्सवको समयमा शिव महिमा कथा वाचन, हरेक दिल साँझ महाआरती, धार्मिक गीति नाटक, भजन किर्तन लगायतका धार्मिक अनुष्ठान गरिनेछ आयोजकले जनाएको छ ।
च्यवनधाम र गाै संरक्षण केन्द्रकाे एकीकृत विकास तथा प्रवर्द्धन गर्ने उदेश्यले आयाेजित धार्मीक महाेत्सवको तयारी अन्तिम चरणमा पुगेको मुल समारोह समितिका संयोजक नारायण श्रेष्ठले वताए ।























