हेडलाईनसमाचारगण्डकी

गोरखामा गाडिसकेको लासको उत्खनन गरी प्रहरीद्वारा अनुसन्धान

• रविन्द्र कडेल/ गोरखा १३ साउन २०८१ आइतवार । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा गाडिसकेको लासको उत्खनन गरी प्रहरीद्वारा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

बारपाक  सुलिकोट गा.पा. वडा नं.४ भण्डारी गाउँ बस्ने बर्ष ४६ को मारज गुरुङको श्रीमती बर्ष ४५ की रन माया गुरुङ यहि साउन ४ गते राती घर भित्र झुण्डिएर आत्महत्या गरेको भनी परम्परा अनुरुप गाडी सकेको लास उत्खनन गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।

सुरुमा स्थानीय तथा आफन्तहरूले आत्महत्या नै भएको भनेको आधारमा परम्परा अनुरूप सद्गत गरी लासलाई गाडिएको थियो तर भोलिपल्ट मृतक गुरुङका दाजुले दिएको निवेदनका आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाउन लासको उत्खनन गरी पोष्टमार्टमको लागि फरेन्सिक मेडिसिन विभाग महाराजगंज काठमाडौँमा पठाईएको र उक्त घटनामा  थप अनुसन्धान कार्य भई रहेको प्रहरीले बताएको छ ।

११ गते जिल्ला प्रहरी कार्यालय तथा मातहत इलाका प्रहरी कार्यालय जौबारी र गोरखा अस्पताल गोरखाबाट बिशेषज्ञ चिकित्सक समेतको अनुसन्धान टोली निज रन माया गुरुङले झुण्डि आत्महत्या गरेको भनिएको स्थान र निजलाई जातीय परम्परा अनुसार गाडिएको स्थानमा खटिई गई प्रारम्भिक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाई छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button