हेडलाईनव्याससमाचारगण्डकी

नगर प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन कोरिया जाने

प्रहार समाचार । तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्।

यहि जुलाई ३० देखि अगस्ट २ गतेसम्म अर्थात् साउन १५ गते देखि १८ गते सम्म  कोरियाको जेजु सीमा आयोजना हुने कार्यशालामा सहभागी हुन न्यौपाने दक्षिण कोरिया जान लागेका हुन् ।


युनाइटेड नेसन्स इन्स्टिच्युट फर ट्रेनिङ एण्ड रिसर्चको  संयुक्त आयोजनामा त्यहाँ सञ्चालन हुने सांस्कृतिक पर्यटनमार्फत स्थानीय समुदायको  जीवन्तकरण कार्यशालामा न्यौपाने सहभागी हुने उनको सचिवालयले जनाएको छ।


यस अघि नगरप्रमुख न्यौपाने गत जुलाई २, ३ र ४ गते इन्डोनेसियाको जकर्तामा अन्तर्राष्ट्रिय मेयर फोरममा सहभागी भएका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button