हेडलाईनसमाचारगण्डकीखेलकुद

गण्डकी प्रदेश स्तरीय कराँते प्रतियोगिता लमजुङमा सम्पन्न  :  लमजुङ प्रथम

• विजय अधिकारी/ लमजुङ २० असार २०८१ । लमजुङको सदरमुकाम बेसीशहरमा आयोजित गण्डकी प्रदेश स्तरीय कराँते प्रतियोगितामा लमजुङ प्रथम भएको छ । जिल्ला समन्वय समिति लमजुङको सभाहलमा यही असार १८ गते मंगलबार र १९ गते बुधबार सञ्चालन गरिएको प्रतियोगितामा ८ स्वर्ण पदक , १ रजत पदक र ५ कास्य पदक सहित लमजुङ प्रथम भएको हो ।

प्रतियोगितामा ४ स्वर्ण पदक, ३ रजत पदक सहित गोरखा  द्दितिय भएको र ३ स्वर्ण पदक,३ रजत पदक र २ कास्य पदक सहित तनहुँ तृतीय भएको हो ।
यस प्रतियोगितामा मनाङ र मुस्ताङ जिल्ला बाहेक गण्डकी प्रदेशका ९ जिल्लाका कराँते खेलाडीहरु सहभागी भएका थिए ।
गण्डकी खेलकुद परिषद पोखरा को आयोजना तथा जिल्ला खेलकुद विकास समिति लमजुङको समन्वयमा पहिलो पटक लमजुङको सदरमुकाम बेसीशहरमा गण्डकी प्रदेश स्तरीय कराँते प्रतियोगिताको आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै  बेसीशहर नगरपालिकाका नगर प्रमुख गुमानसिंह अर्यालले खेलकुदको विकासको लागि पुर्वाधार निर्माण अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै खेलक्षेत्रमा प्रयाप्त मात्रामा पुर्वाधार विकास , प्रशिक्षकको राम्रो  व्यवस्थापन गर्न सकेको खण्डमा उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने बताए । नगर प्रमुख अर्यालले  खेलकुद स्वास्थका लागि पनि र राष्ट्रका लागि पनि उत्तिकै आबस्यक रहेकाले खेलकुदको विकासको लागि तिनै तहको सरकार लागि पर्नु पर्नेमा जोड दिए ।
कराँते प्रतियोगितामा बेस्ट फाइटर महिला तर्फ  लमजुङकी प्रीति तामाङ र पुरुष तर्फ गोरखाका सक्षम लामा  प्रथम भएका थिए । प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीहरुलाई बेसीशहर नगर प्रमुख गुमानसिंह अर्याल , गण्डकी खेलकुद परिषदका सदस्य योगेन्द्र सेरचन, जिल्ला खेलकुद विकास समिति लमजुङका अध्यक्ष योग बहादुर गुरुङ (कालू) ले पुरस्कार तथा ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

कराँते प्रतियोगितामा  एक जिल्ला बाट      खेलाडी र प्रशिक्षक गरि ४० जनाको दरले सहभागिता हुने नियम भएतापनि      सबै जिल्लाबाट पुरै खेलाडी उपस्थित नभएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कालू गुरुङले जानकारी दिदै खेल सञ्चालनको लागि प्रयाप्त बजेट नहुँदा खेलाडी संख्या कम भएको बताए ।
हरेक २-२ बर्षमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता यस पटक आगामी मङ्सिरमा हुने भएको छ । गण्डकी प्रदेश बाट  उक्त प्रतियोगितामा सहभागी हुने खेलाडी समेत यसै प्रतियोगिता बाट छनौट गरिएको छ ।


प्रतियोगिता महिला तर्फ ४५,६१, किलो भन्दा कम तौल र ६१ किलो भन्दा माथिको तौल विच एकल प्रतिस्पर्धा भएको थियोे भने महिला तर्फ नै एकल काता , समूह काता र समूह विधामा खेल सञ्चालन गरिएको थियो । त्यस्तै पुरुष तर्फ ५०,५५,६० , ६७,७४ किलो भन्दा कम तौल , ७४ किलो भन्दा माथिको तौल , ८४ किलो भन्दा कम तौल र ८४ किलो भन्दा बढी तौल विच एकल प्रतिस्पर्धा भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button