आँबुखैरेनीहेडलाईनसमाचारगण्डकीसूचना प्रविधि

मस्र्याङ्दी जलविद्युत केन्द्रद्धारा पूर्ण क्षमतामा विद्युत उत्पादन

प्रहार समाचार । तनहुँ, जेठ २८ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत केन्द्रले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ । दैनिक रुपमा वर्षा हुने क्रम जारी रहेको  तथा गर्मी बढेकोले हिमाल धेरै पग्लिएकोले नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमता ६९ मेगावाट विद्युत उत्पादन भएको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताए।

गौतमका अनुसार जेठ १८ गते देखि पूर्ण क्षमतामा उत्पादन भईरहेको छ । सुख्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुँदा घटेर ३० मेगावाट पुगेकोमा  हाल बढेर पूर्ण क्षमतामा उत्पादन भएको छ । तीनवटा युनिटबाट २३÷२३ मेगावाटका दरले  पूर्ण क्षमता अनुरुपको ६९ मेगावाट विद्युत उत्पादन भइरहेको गौतमले जानकारी दिए । मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकोले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत उत्पादन बढ्छ  ।


केन्द्रका अनुसार धेरै बाढी आएको बेला गेग्राङहरु थेग्राउने र काठ दाउरा निकाल्न मिल्ने गरी दुई वटा फ्लाट गेट रहेकोले हाल पूर्ण क्षमतामा नै उत्पादन भईरहेको छ । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ पनि बढी पग्लिने र वर्षा धेरै हुँदा नदीमा मिसिने अन्य खोलानालाहरु पानी धेरै हुने भएकोले नदीमा पानीको बहाव बढ्दा उत्पादन बढेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सुख्यायाममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुने भएकोले पानीको बहाव थोरै हुने हुँदा विद्युत उत्पादन घट्छ । यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button