प्रहार समाचार । तनहुँ, जेठ २५ । तनहुँको पृथ्वीराजमार्ग सडक अन्र्तगत व्यास नगरपालिका वडा नं–१ तालघरे नजिक बिहीबार साँझ स्कुटरले ठक्कर दिदाँ एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।

नामथर ठेगाना नखुलेकी अन्दाजी ५०/५५ वर्षकी घाइते महिलाको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
घाँसीकुवाबाट दमौलीतर्फ जाँदै गरेको हालसम्म नम्बर खुल्न नसकेको स्कुटरले ठक्कर दिएर फरार रहेकाले खोजी कार्य भैरहेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
मृतकको हालसम्म कही कतैबाट सनाखत हुन छैन्,उनले भने,“महिलालाई चिन्नुहुने व्यक्तिले प्रहरी कार्यालयमा उपस्थित भई वा ९८५६०९०१७८ मा फोन सम्पर्क गरी जानकारी दिन अनुरोध गरिएको छ
























