हेडलाईनसमाचारभानुगण्डकीस्वास्थ्य

भानु नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना

प्रहार समाचार । तनहुँ, जेठ २४ । तनहुँकोनेपाल नेत्रज्योति संघ ,भरतपुर आँखा अस्पताल चितवन र भानु नगरपालिकाको संयुक्त सहकार्यमा भानु–२ नारेश्वरटारमा आँखा उपचार केन्द्र उदघाटन गरिएको छ । 

भानु नगर प्रमुख आनन्द राज त्रिपाठीले एक कार्यक्रमका बीच केन्द्रको उदघाट गर्दै मानव शरिरको महत्वपूर्ण अंङ्ग आँखाको रोगको उपचारमा हेलचक्राई नगर्ने आग्रह गर्दै यस्ता उपचार केन्द्रले सिङ्गो नगरपालिका भरिका जनतालाई सुविधा पुग्ने बताए।
 उदघाटन कार्यक्रमको पहिलो दिनमा निःशुल्क आँखा शिविरको सञ्चालन गरिएको थियो । जसमा ५६८ सहभागीले निःशुल्क आँखाको चेकजाँच गराएका थिए भने सहभागी मध्ये ४१ जनाको निःशुल्क आँखाको अप्रेशन गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button