प्रहार समाचार । अगानिस्तान, जेठ१९ । अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा शनिबार नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा २० जनाको मृत्यु भएको छ।

पूर्वीनङ्गरहारको मोमण्ड दारा जिल्लाको बसावुल क्षेत्रमा शनिबार बिहान महिला तथा बालबालिका बोकेको डुङ्गा नदीमा डुबेको प्रान्तको सूचना विभागका प्रमुख कुराइसी बद्दलुनले सामाजिक सञ्जाल एक्सको एक पोस्टमा सार्वजनिक गरेका छन् ।
अधिकारीका अनुसार दुर्घटना परेका पाँचजना बाँचेका छन् भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
कम्तीमा पाँचवटा शव निकालिएको तथा अरूलाई खोज्ने प्रयास भइरहेको प्रान्तीय सरकारी अधिकारीले बताए
























