प्रहार समाचार । तनहुँ, जेठ १४ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले वर्तमान सरकार देशमा प्रेस स्वतन्त्रतामाथि दमन गरेको बताएका छन्।

तनहुँको व्यास नगरपालिका वडा नम्बर ९ गजौडेमा सोमवारआयोजित नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण कार्यक्रममा बोल्दै नेता भट्टराईले भ्रष्टाचार ठगीको विषयमा पत्रिकाले लेख्दैमा स्वतन्त्र प्रेसलाई हस्तक्षेप गर्नु विडम्बनाको विषय भएको बताएको बताए ।
केन्द्रीय सदस्य भट्टराईले दुई दुईवटा पासपोर्ट भएका व्यक्ति तथा सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री माथि छानबिन गर्नु पर्नेमा उनकै बचाउमा लागेको बताए ।
नेता भटराइले भने ‘आफूलाई सर्वहारा भन्नेहरुले बिपन्न वर्गका मानिहरुले खाई नखाई सहकारीमा जम्मा गरेको पैसा संरक्षण गर्नुको सट्टा डुबाउन लागि परेका छन्’ , त्यसैले उनिहरु संसदीय छानबिन समिति बनाउन आनाकानी गरिरहेका छन् ‘।
कार्यक्रममा महासमिति सदस्यहरू शान्तिशान्ति रमण वाग्ले , पूर्व मन्त्री डोबाटे विक, पूर्व सांसद सरिता गुरुङ , नेका महाधिवेशन प्रतिनिधि रेशम गुरुङ ,सुरेश भट्टराई , समाजसेवी तारा प्रसाद श्रेष्ठ, नेका व्यासनगर सभापति सूर्यचन्द्र हड्खले, व्यास न ९ का वडाअध्यक्ष सुरेश थापा लगायतले आआफ्नो मन्तव्य राखेका थिए। कार्यक्रमको सहजीकरण वडा नं ९ का सचिव धर्मराज गोदारले गरेका थिए।

























