प्रहार समाचार । काठमाडौँ, जेठ १४ । नेपालमा स्थानीय वायुको प्रभाव कायमै रहेको छ। जस्का कारण आज कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा तथा कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ। आज कोशी प्रदेशको मौसममा पनि साधारणतया बदली रहने छ। कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा साथै बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
यस्तै देशका पहाडी भू—भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको मौसम सम्बन्धि निर्यामित बुलेटिनमा उल्लेख छ। छ
























