हेडलाईनसमाचारप्रदेश

त्रिवि शिक्षण अस्पतालका मुख्य प्राविधिक सहायक राजाराम भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रहार समाचार । काठमाडौँ, जेठ, १३ ।त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगन्जका मुख्य प्राविधिक सहायक राजाराम भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा उनीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।आयोगका अनुसार उनले बढुवाका लागि एसएलसीको शैक्षिक योग्यताको नक्कली  प्रमाणपत्र पेश गरेका थिए ।

२०५४ भदौ १७ गतेबाट ल्याबब्वाई पदमा स्थायी नियुक्त लिएका भण्डारीले २०६९ कात्तिक २४ मा वरिष्ठ ल्याबब्वाई पदमा बढुवा हुन माध्यमिक शिक्षा परिषद्, उत्तरप्रदेशबाट हाईस्कूल तह उत्तीर्ण गरेको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेको आयोगको अनुसन्धानबाट खुलेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुरमा भण्डारीविरुद्ध मुद्दा दायर गरिएको हो ।- लोकान्तर बाट


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button