हेडलाईनव्याससमाचारगण्डकी

व्यास १ मा ६ दिने  महिला युवा नेतृत्व तथा क्षमता विकास तालिम सुरु

प्रहार समाचार । तनहुँ, जेठ १० । वडा महिला समन्वय समिति व्यास नगरपालिका १ को आयोजनामा ६ दिने महिला युवा नेतृत्व तथा क्षमता विकास तालिम बुधबारबाट व्यास १ मगर भवनमा सुरु भएको छ।

वडा महिला समन्वय समितिद्वारा आयोजित उक्त तालिमको उद्घाटन गर्दै व्यास १ का वडाअध्यक्ष रमेशचन्द्र हड्खलेले महिला युवा नेत्तृत्व तथा क्षमता विकास तालिमले महिला र युवाहरुमा थप ज्ञान, सिप र क्षमता बृद्धि हुनेमा विश्वास लिए।

उक्त कार्यक्रममा आमा समूहहरुको तर्फबाट नव सिर्जना आमा समूहका अध्यक्ष शान्ता खवास , नव आदर्श आमा समूहका अध्यक्ष सिता अधिकारी, हाईस्कूल टार सम्बृद्धि आमा समूहका अध्यक्ष लक्ष्मी श्रेष्ठ , लालीगुराँस आमा समूहका अध्यक्ष शारदा बसौला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। त्यसैगरि  टोल बिकास संस्थाहरुको तर्फबाट मोरियाटार टोलका अध्यक्ष कृष्ण पन्थ , भादगाउँ टोलका अध्यक्ष  दीपक घिमिरे  , छाब्दि वाराहि प्रवेशद्वार टोलका अध्यक्ष रामजी तिमल्सेना, विज्ञान चौरटोलका अध्यक्ष भरतप्रसाद पन्त , तालघारे टोलका अध्यक्ष जगत श्रेष्ठ वडा सदस्य कृष्ण दुरा लगायतले तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

तालिममा महिला तथा लैङ्गिक हिंसा,  उद्घोषण एवं कार्यक्रम तालिका निर्माण, पत्रपत्रिका र समाचार संकलन र लेखन, योजना निर्माण, संञ्चालन र सम्पन्न कार्यविधि, वातावरण र जलवायू परिवर्तन र असर लगायतका विषयमा प्रशिक्षण प्रदान गरिने वडा सदस्य मणिजङ बस्नेतले बताए ।

वडा महिला समन्वय समितिका अध्यक्ष गंगादेवी गुरुङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम व्यास नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा सञ्चालन भएको सचिव अप्सरा रानाभाटले बताइन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button