हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

तीन प्रदेशमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्का वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौँ, जेठ ३ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

आज राति कोशी,  गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी र मधेश प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button