प्रहार समाचार । काठमाडौँ, जेठ ३ । पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ७ र डिजेलमा ५ रुपैयाँले मूल्य घटाएको हो ।

जसअनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८।५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१.५, दोस्रोमा १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
घटेको मूल्य आजै मध्य रातिदेखि लागू हुने निगमले उल्लेख गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

























