हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरपालिकामा पुनः मत गणना हुने : राजनैतिक बृत्तमा नयाँ तरङ्ग

प्रहार समाचार । तनहुँ, जेठ २ ।तनहुँको व्यास नगरपालिकामा निर्वाचन सकिएको दुई वर्षपछि मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । यसले व्यास नगरपालिकामाको मेयरमा नयाँ राजनैतिक तरङ्ग उत्पन्न गराएको छ।

२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पराजित भएपछि कैचि चिन्ह लिएका मेयरका उमेदवार दिपक राज जोशीले उच्च अदालत पोखरामा दिएको रिटको पक्षमा मंगलबार आदेश भएको हो।
नेकपा एमालेको समर्थनमा कांग्रेसका पूर्व महामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीलाई हराउँदै नेपाली कांग्रेसका वैकुण्ठ न्यौपाने दोस्रो पटक व्यास नगरपालिकाको मेयरमा विजयी भएका थिए । निवाचनमा धाँदली भएको भन्दै जोशीले उच्च उदालत पोखरामा मुद्दा हालेका थिए ।
काङ्ग्रेससँग असन्तुष्ट बनेका पूर्व महामन्त्री गोविन्दराज जोशीले आफ्नो राजनीतिक विरासत फर्काउन एमालेलाई साथमा लिएर छोरा दीपकराज जोशीलाई मेयरको उम्मेदवार बनाएका थिए।
अदालतका न्यायाधीश राजन प्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले पुन मतगणना गर्न आदेश दिएको हो।  नम्बर १ देखि ८ सम्म जितेको परिणाम सुनाइएको र वडा नम्बर ९ देखि १४ सम्म विपक्षको योजनामा षड्यन्त्रपूर्वक आफ्नो पक्षमा परिणाम निकालेको उनको आरोप छ।

मेयरको उम्मेदवार बनेका दीपकराज जोशीले कांग्रेसका बैकुण्ठ न्यौपानेसंग २ सय ५२ मतान्तरले पराजित भएका थिए । अदालतको निर्णयसंगै मेयरका प्रत्यासी दिपकराज जोशीले प्रहार समाचारसंग कुरा गर्दै व्यास- ८ गाविस भवन रिस्ती मतदान केन्द्रमा आफू माथि हमला गरि एकलौटी रूपमा धादलि गरिएको र पुनः मतगणना हुने अदालतको फैसलाले आफू उत्साहित भएको बताए ।

उता व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले हामीसंग कुरा गर्दै आफू पनि अदालतको निर्णय स्विकार गर्ने भन्दै चित्त नबुझे आफू सर्वोच्च अदालत जाने बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button