हेडलाईनसमाचारप्रदेशस्वास्थ्य

प्रधानमन्त्रीबाट डाक्टर उपाधी पाएका सरस्वती शर्मा सहित २८ जना नर्सहरु  सम्मानित

प्रहार समाचार । काठमाडौ, जेठ १। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  डाक्टर उपाधी पाएका सरस्वती शर्मा सहित २८ जना नर्सहरुलाई सम्मान गरेका छन्।

काठमाडौँमा  भएको १४ औँ राष्ट्रिय नर्सिङ सम्मेलन तथा अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा आइतबार उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुने डाक्टरहरुमा डा. सरस्वती शर्मा, डा.सुशीला भण्डारी,डा.सरला श्रेष्ठ, डा.सरला जोशी , डा.तारा शाह, डा.नर्वदा थापा, डा.अर्चना पाण्डे, डा.मुना शर्मा, डा. रोजी श्रेष्ठ, डा.कल्पना पौडेल, डा. कल्पना पौडेल शर्मा, डा.तुमला श्रेष्ठ, डा.रेखा तिमल्सेना, डा.विमला पन्थी, डा.लक्ष्मी तामाङ रहेका छन् ।

यसैगरी डा.लक्ष्मी ठाकुर,  डा.कुन्ता पुन, डा.शर्मिला श्रेष्ठ, डा.सम्झना सुवेदी, डा.रिना श्रेष्ठ, डा.साबित्री सापकोटा, डा.सितल गौतम, डा. सुशीला पौडेल, डा.देवका आचार्यलाई पनि प्रधानमन्त्रीले सम्मान गरेका हुन् ।

नेपाल नर्सिङ संघले नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने २८ जना नर्सलाई सम्मान गरेको हो ।
त्यसअघि प्रधानमन्त्रीले संघका सदस्य एवं म्यानमारका लागि पूर्वराजदूत गुणलक्ष्मी श्रेष्ठ र विशेष सचिव बनेकी विजया केसीलाई समेत सम्मान गरेका थिए ।

नेपालमा सन् २०१२ देखि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले नर्सिङ विषयमा विद्यावारिधि सुरु गरेको हो । त्यस यताको १२ वर्षमा २८ जना नर्सहरुले पीएचडी पुरा गरेको त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button