प्रहार समाचार । तनहुँ, बैशाख ३१ । तनहुँको शुक्लागण्डकी नगरपालिका बेलचौतारामा सोमबार गणमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निःशुल्क स्वास्थ्य चेकजाँच शिविर सम्पन्न भएको छ।

नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौरा तनहुँको अनुरोध र जि.पी.कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतराको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको गणका प्रमुख केदार खनालले जानकारी दिए ।
जि.पी.कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराका प्रमुख डा.राम कुमार श्रेष्ठ सहितको ६ जना स्वास्थ्य कर्मीहरुको टोलिले गणमा कार्यरत १३० जना प्रहरी कर्मचारीहरुलाई निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको बताइएको छ। उक्त शिविरमा सुगर, प्रेशर चेकजाँच लगायत अन्य स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको गणका प्रहरी वरिष्ठ नायव निरीक्षक रामकृष्ण अधिकारीले बताए।

























