हेडलाईनव्याससमाचारगण्डकी

प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार न्यौपानेलाई

प्रहार समाचार । तनहुँ, बैशाख २९ । प्रेस चौतारी नेपाल तनहुँ शाखाका उपाध्यक्ष कृष्ण न्यौपानेलाई शुक्रबार प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेकपा (एमाले) तनहुँको  शुक्रवार सुरु भएको दशौं जिल्ला अधिवेशनका अवसरमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।  

दश हजार नगद पुरस्कारको राशिरहेको उक्त पुरस्कार पत्रकारिता क्षेत्रमा पुऱ्याएको योगदानको कदर गर्दै न्यौपानेलाई प्रदान गरिएको शाखाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।  न्यौपाने खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक एवं रासस दमौली प्रतिनिधि हुन् ।

चौतारी तनहुँ शाखाले गत माघ २३ गते उक्त पुरस्कार न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको थियो ।

यसअघि उक्त पुरस्कारबाट वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, नारायण खड्का र बसन्ती बास्तोला पुरस्कृत भइसकेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button