हेडलाईनव्याससमाचारगण्डकीविजनेस

व्यास १० पोख्रेल फाँटमा कृषक तालिम

प्रहार समाचार । तनहुँ, बैशाख २८ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १० पोख्रेल फाँटमा जैविक कृषि अध्ययन अनुसन्धान कार्यक्रम अन्तर्गत कृषक तालिम कार्यक्रम सुरु भएको छ।

कृषकहरूलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्ने तथा जैविक कृषि प्रणालीलाई जोड दिने उद्देश्यले आयोजित उक्त तालिमको व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै कृषिमा रोजगारीको अवसर सिर्जना हुने भएकोले जैविक कृषि प्रणालीमा जोड दिनुपर्ने उल्लेख गरे । नगर प्रमुख न्यौपानेले व्यास नगरपालिका भित्रका पनि कतिपय जग्गाहरू बाँझै रहेकाले उक्त जग्गाको सही सदुपयोग गरी रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिए।


गोवर्धन स्मृति गोवर्धन शर्मा स्मृति कोषका महासचिव रामचन्द्र पोखरेल को सभापतित्वमा भएको उक्त कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री डोबाटे बिक  , व्यास  – १० का वडाध्यक्ष खेमराज पोखरेल  , समुद्र गोदार , व्यास -११ का वडा अध्यक्ष दलबहादुर दुरा , जीवन पोखरेल लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए।
तीन दिनसम्म चल्ने उक्त तालिममा व्यास ५, ७, ९, १०, र ११ वडाका ५० बढि महिला तथा पुरुष कृषकहरुको सहभागीता रहेको छ।
तालिममा व्यास नपाका पशु चिकित्सक डा. सञ्जु श्रेष्ठले ‘पशुपालन तथा पंक्षी पालन ‘ , कृषि ज्ञान केन्द्र दमौलीका बाली संरक्षण अधिकृत किरण परियारले  ‘व्यावसायिक तरकारी खेतीको लागी एकिकृत खद्यतत्व व्यवस्थापन तथा माटो उपचार ‘ , व्यास नपा कृषि शाखाका प्रतिमा बगालेले ‘अर्गानिक खेति तथा एकिकृत शजुजीव व्यवस्थापन ‘  तथा पूर्व वन अधिकृत नारायण प्रसाद कोइरालाले  ‘वन, कृषि एकिकृत सहकार्य र सह अस्तित्व ‘  सम्बन्धमा प्रशिक्षण प्रदान गरेको  कोषका महासचिव रामचन्द्र पोखरेलले बताए । तालिम बैशाख ३० गतेसम्म चल्ने बताईएको छ। तालिममा व्यास नगरपालिकाले आथिक सहयोग गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button