हेडलाईनव्याससमाचारगण्डकी

टोल र आमा समुहलाई लेखा व्यवस्थापन तालिम

प्रहार समाचार । तनहुँ, बैशाख २६ । तनहुँको व्यास नगरपालिका ११ नम्बर वडा कार्यालयले आफ्नो वडाका टोल विकास संस्था र आमा समुहका अगुवालाई लेखा व्यवस्थापन तालिम मंगलबार  प्रदान गरेको छ ।


संस्थामा आम्दानी र खर्चको लेखा प्रभावकारी तवरले नराख्दा आर्थिक पारदर्शीता नहुने भएकोले ३५ वटा टोल र १५ वटा आमा समुह गरी ५० जना अगुवालाई तालिम प्रदान गरिएको व्यास नगरपालिका वडा नं.११ का वडा अध्यक्ष दलबहादुर दुराले जानकारी दिए।

लेखा व्यवस्थापन प्रभावकारी नहुँदा विकास निर्माणको सम्पूर्ण पद्धति नै कमजोर हुने भएकोले पनि आफूहरुले तालिम दिएको अध्यक्ष दुराको भनाई छ । व्यास नगरपालिकाको १४ वटा वडा मध्ये धेरै टोल भएको वडा नै व्यास ११ रहेकोले पनि तालिमको आवश्यकताको महत्व रहेको बताए ।
व्यास नगरपालिकाका लेखा अधिकृत हेमन्त गुरुङ, लेखा परिक्षक गोवर्धन खनाल, पत्रकारहरु शंकरराज नहर्की र पूर्ण विकेद्वारा सहजिकरण गरिएको तालिममा आयव्ययको हिसाव राख्न, माईन्यूट, प्रस्तावना पत्र,  प्रतिवेदन लेख्न, भरपाई, डोर हाजिरीफाराम र गोस्वारा भौचर भर्न तालिम प्रदान गरिएको थियो। तालिमले आर्थिक अनुशासन कायम गर्न प्रभावकारी हुने आफूले ठानेको सेरा टोलविकास संस्थाका अध्यक्ष गोपाल घर्तीले जानकारी दिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button