प्रहार समाचार । पोखरा, बैशाख २४ । बिवादका बिच गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । आइतबार विवादका बिच विश्वासको मत पाएको घोषणा गरिएका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार दुई जना मन्त्री थपेका हुन् ।

उनले वेदबहादुर गुरुङलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनाएका छन् भने सीता सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनाएका छन् । उनीहरू दुवैले प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । सोमबार मन्त्री बनेका दुवै जना एमालेका सांसद हुन् ।
यससँगै गण्डकीको मन्त्रीपरिषद् ५ सदस्यीय भएको छ ।


























