हेडलाईनसमाचारप्रदेश

उपत्यकाका स्थानीय तह प्रमुख – उपप्रमुखसँग राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा तथा यहाँको जनजीवन स्वस्थ बनाउन सामूहिक प्रयासका साथ काम गर्न उपत्यकाका स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई आग्रह गरेका छन्।

उपत्यकाका महानगर, नगरपालिकाका प्रमुख एवम उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष एवम् उपाध्यक्षहरुसँग शीतलनिवासमा सोमबार भएको भेटमा राष्ट्रपति पौडेलले सो आग्रह गरेका हुन्।

राष्ट्रपतिले जल्दोवल्दो समस्याका रुपमा रहेको जलवायु र वातावरण मानव अस्तित्व र पृथ्वीको सुरक्षासँग जोडिएको एजेण्डा भएकाले यसमा सबै पालिकाले ध्यान दिन सके सिंगो देश स्वच्छ, सफा र सुन्दर हुने बताउनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

राष्ट्रपति पौडेलले वायु प्रदुषण उपत्यकाभित्र बढ्दै गएको हुँदा यसलाई निश्चित मापदण्डभित्र राख्न कार्यक्रम सञ्चालन गर्न, वरपरका वनजंलमा लाग्ने डढेलोलाई नियन्त्रण गर्न यथासम्भव प्रयास गर्न तथा सामुदायिक शिक्षाको गुणस्तरमा महानगरपालिकालगायत नगरपालिकाको अनुगमन सशक्त बनाई गुणस्तर बढाएर जीवनोपयोगी शिक्षाका लागि ध्यान दिन पनि आग्रह गरे ।

त्यस्तै राष्ट्रपति पौडेलले असहाय, बालबालिका तथा बृद्धलाई कार्यक्रमसहित सहारा दिने, उपत्यकाभित्र निर्माण हुन लागेका बाटो, धाराहरूलाई गुणस्तरीय रुपमा सम्पन्न गर्ने तथा परम्परादेखि हाम्रो सभ्याताका रुपमा रहेका चौतारी र पोखरीको संरक्षण, नयाँ पार्क (चौतारी) र पोखरी निर्माण गरी हरियालीसहित वातावरणीय स्वच्छता बढाउनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा स्थानीय तहका प्रमुख उपप्रमुखहरुले सामूहिक सोच र सहकार्यका साथ साझा समस्या समाधानमा अघि बढ्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा काठमाडौं महानगरका प्रमुख बालेन साह भने उपस्थित भएनन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button