प्रहार समाचार । काठमाडौँ, बैशाख २४ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो देशका केही ठाउँमा वर्षा भएको थियो ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज पनि देशका केही भागमा वर्षाको सम्भावना छ । हिजो (आइतबार)को तुलनामा आज धेरै ठाउँमा पानी पर्ने छ।आज कोशी, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागको मौसम आंशिक बदली रहने छ । बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको निर्यामित बुलेटिनमा उल्लेख छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


























