हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

चलचित्र ‘वसन्त’ निर्माण गर्दै गायक प्रकाश सपुत

प्रहार समाचार । काठमाडौँ, बैशाख २३ ।  गायक प्रकाश सपुतले नेपाली कथानक चलचित्र ‘वसन्त’ निर्माण गर्ने भएका छन्।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र विकास कोर्डका अध्यक्ष भुवन केसी, लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रिता थापालगायतको उपस्थितमा चलचित्र  वसन्त निर्माण गर्ने घोषणा गरिएको हो।

चलचित्र वसन्तको कथा, संगीत र निर्देशन प्रकाश सपुत आफैले गर्ने तथा चलचित्र  आगामी भदौबाट सुटिङको काम सुरु गरिने बताइएको छ। यस चलचित्रमा निर्देशक स्वयं प्रकाश सपुतक  मुख्य भुमिकामा रहने तथा नायिकामा स्वस्तिमा खड्का रहने छिन् ।   फिल्ममा अनुप बराल, प्रकाश घिमिरे र कमलमणि नेपाल लगायतको समेत अभिनय देख्न सकिने छ ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मका कार्यकारी निर्माता मोहन विक, अनुरोध भट्टराई र नेन्सी शेरचन छन् । फिल्म २०८१ को चैते दसैँमा प्रदर्शनमा ल्याउने बताईएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button