हेडलाईनव्याससमाचारगण्डकी

व्यास ज्योति साधक परिवारले ध्यान, योग, प्रवचनलाई जोड दिने

प्रहार समाचार । तनहुँ, बैशाख २२ । तनहुँको व्यास नगरपालिका वडा नं २  , दमौलीमा रहेको व्यास ज्योति साधक परिवारले ध्यान, योग, प्रवचन,जप, होमन तथा भजन किर्तनलाई जोड दिने भएको छ।

साधक परिवारको शनिवार पदमचोकमा रहेको सधना केन्द्रमा बसेको बैठकले उक्त निर्णय गरेको अध्यक्ष गणेशचन्द्र बस्नेतले बताए ।
अध्यक्ष बस्नेतका अनुसार प्रत्येक शनिवार दिउसो ४. ३० बजे बाट ६ बजे सम्म साप्ताहिक ध्यान, योग, प्रवचन तथा भजनकिर्तन गरिने छ। यसका साथै हरेक सोमबार र बिहिबार जप, ध्यान र भजन किर्तन लाई निरन्तरता दिइने छ।


परिवारका सल्लाहकार नन्दन श्रेष्ठ साधक साधिकाहरुलाई विभिन्न समयमा साधनाका महत्वपूर्ण कार्यक्रमहरु संञ्चालन गरिने बताउँछन् । अर्का सल्लाहकार देव बस्न्यात आध्यात्मिक चेतनाको दियो बालेर सम्पूर्ण मानव जगतको कल्याणको काम गर्नु पर्ने बताउँछन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button