हेडलाईनव्याससमाचारगण्डकी

पाैडेल वंश महासंघ नेपाल तनहुँ व्यास नगर अध्यक्षमा  ईश्वर पाैडेल निर्वाचित

• श्रीहरि पौडेल । तनहुँ, बैशाख २२ । पाैडेल वंश महासंघ नेपाल तनहुँ  व्यास नगर अध्यक्षमा  ईश्वर पाैडेल निर्वाचित भएका छन् । शनिवार जिल्ला समन्वय समिति तनहुँकाे सभाहलमा भएकाे प्रथम अधिवेशनले पाैडेलकाे अध्यक्षतामा १५ सदस्यीय नगर कार्यसमिति गठन गरेकाे हाे ।

नगर समिति उपाध्यक्षमा तारापति पाैडेल, सचिवमा रामदत्त पाैडेल, काेषाध्यक्षमा पुजा पाैडेल सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यमा नविनराज पाैडेल, यज्ञप्रसाद पाैडेल, भरत प्रसाद पाैडेल, नवराज पाैडेल, झलकराज पाैडेल, ज्ञान शंकर पाैडेल,रामविलास पाैडेल, भवानी प्रसाद पाैडेल, धुर्वकान्त पाैडेल र कृष्णबहादुर पाैडेल सर्वसम्मत रूपमा चयन भएकाे  निर्वाचन संयाेजक नारायणदत्त पाैडेलले जानकारी दिए ।

उक्त अधिवेशनकाे पाैडेल वंश महासंघ नेपाल गण्डकी प्रदेश अध्यक्ष रामजी पाैडेलले उद्घाटन गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button