हेडलाईनसमाचारप्रदेश

इनार खन्ने क्रममा निसासिएर बुधवार दुई जनाको मृत्यु

प्रहार समाचार । भक्तपुर, बैशाख १९ । भक्तपुरमा  इनार खन्ने क्रममा निसासिएर बुधवार दुई जनाको मृत्यु भएको छ ।
चाँगुनारायण नगरपालिका-४ मारामेछापको उमाकुण्ड गाउँपालिका-४ मा घर भई चाँगुनारायणकै गाउँडोलमा बस्ने ४६ वर्षीय दीपक सुनुवार र उनका भतिजा २८ वर्षीय सन्देश सुनुवारको मृत्यु भएको छ।

आफ्नै प्रयोजनको लागि इनार खन्ने क्रममा अक्सिजनको कमीले निसासिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजन कार्कीले बताए।

करिव ५५ फिट गहिरो इनारमा ग्यास निस्केपछि सन्देश र दीपक दुवै जना अचेत भएका थिए । उनीहरु अचेत भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै बिपद् ब्यवस्थापन महाशाखा र जिल्ला परिसर भक्तपुरबाट खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी बल प्रहरी टोली र आरएनएको उद्धार टोलीले उनिहरुको उद्धार गरी भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको जनाइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button