हेडलाईनसमाचारप्रदेशखेलकुद

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग टी–२० श्रृंखलाको तेस्रो खेल खेल्दै

प्रहार समाचार । काठमाडौँ, बैशाख १९ । नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग टी–२० श्रृंखलाको तेस्रो खेल खेल्ने भएको छ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह १२ः१५ बजे शुरू हुनेछ । पाँच खेलको श्रृंखलामा दुवै टोली आज आफ्नो दोस्रो जीतको खोजीमा हुनेछन् ।

पहिलो खेलमा नेपाल ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रनले पराजित भएको थियो ।यसर्थ घरेलु टोली नेपाल आज स्पष्ट जीतको खोजीमा हुनेछ । नेपाल आगामी महिना हुने टी–२० विश्वकपको तयारीमा छ । यसर्थ वेस्ट इन्डिज ‘ए’लाई निम्तो दिएको हो ।  


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button