प्रहार समाचार । झापा, बैशाख १२ । झापाको झिलझिलेमा मोटरसाईकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

झापाको शिवसताक्षी–८ झिलझिलेमा दमकबाट सुरुङ्गा जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप एक आपसमा ठोक्किएको थियो। मोटरसाइकल जिपसँग ठोक्किँदा मोटरसाईकलमा यात्रा गरेका तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएपसपी कृष्णकुमार चन्दले बताए ।
दुर्घटनाबाट गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि बिएन्डसी मेडिकल कलेज लगिएकोमा चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका हुन्। मृतकको सनाखत हुन भने बाँकी रहेको छ। उनीहरू शिवसताक्षीकै भएको तर सनाखत भइनसकेको डिएसपी चन्दले जानकारी दिए। जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
























