प्रहार समाचार । धादिङ, बैशाख ११ । धादिङको आदमघाटमा गुडिरहेको ट्रकमा आगो लागेको छ ।

सुनौलीबाट काठमाडौंतर्फ आइरहेको ना ४ ख ८६१७ नम्बरको मालवाहक ट्रकमा आगो लागेको धादिङ प्रहरीले जनाएको छ।
गुडिरहेको ट्रकमा एक्कासी आगो लागेको र आफूले पछि मात्रै चालपाएको चालक सुशील विकको भनाइ रहेको छ। आगलागीको कारण भने खुल्न सकेको छैन ।
ट्रकमा औषधिजन्य साम्रगी थियो । आगलागीको घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
























