हेडलाईनव्याससमाचारगण्डकी

दुर्घटना न्यूनिकरण गर्न सक्रिय व्यास न पा वडा न २ कार्यालय

प्रहार समाचार । तनहुँ , बैशाख १० । सहरी क्षेत्रहरुमा हुने दुर्घटनाम न्यूनिकरण गर्न  व्यास न पा वडा न २ कार्यालय सक्रिय भएको छ। व्यास नगरपालिकाको विशेषगरी  वडा नं २ को व्यस्त सडक र विद्यालय क्षेत्रमा २ नम्बर वडा को पहलमा सोमवार जेब्रा क्रसिङ , गति सिमित , बिध्यालय क्षेत्र , पार्किङ , लगायतका सचेतनामुलक बोर्डहरु राखि हुन सक्ने दुर्घटना लाई नुनिकरण गर्न वडा कार्यालय सक्रिय भएर लागेको वडा सदस्य सुरेश वाग्लेले बताए ।  ‘वडा नं २ को दुर्घटना जोखिम क्षेत्र पहिचान गरि जेब्राक्रसिङ राख्ने लगायतका कामलाई अगाडी बढाएका हौं ‘ वडा सदस्य वाग्लेले भने ।

वडा नं. २ वडा अध्यक्ष काशिराम श्रेष्ठ वडा कार्यालयले यसै आर्थिक बर्ष योजना बनाई उपभोक्ता समिति गठन गरि  योजना सन्चालन गर्ने कामलाई प्रकृयागत रुपमा अगाडि बढाईएको बताए । वडा नं. २ को खासगरि भेटघाट चोक, न्यूरोड, गणेशमान चोक, ग्रीनसिटि टोल, सत्यवती मावि लाईन लगायतमा जेब्राकसिङ, गति सिमित, विद्यालय क्षेत्र लगायतका जनचेतनामूलक बोर्डहरु राख्ने कामलाई वडाले तिब्ररुपमा अगाडी बढाएको छ। यी क्षेत्रहरु दुर्घटनाको उच्च जोखिम क्षेत्र हुन् ।

यसै बाटो भएर सत्यवती मावि , बालमन्दिर मावि, निर्मल मावि, जलदेवी मावि तथा व्यास दिव्य ज्योति बोङ स्कूलका हजारौं विद्यार्थी, उत्तिकै सङ्ख्यामा यात्रु तथा सवारी साधनहरु हिड्ने गर्दछन् । यस क्षेत्रमा ट्राफिक सङ्केत नहुँदा , जनचेतना कमी हुँदा तथा सवारी  साधन र पैदलयात्रुहरुको बाक्लो चापले गर्दा दिनै पिच्छे दुर्घटना हुने गरेको पाइएको छ। यसैको न्यूनिकरणका लागि वडाकार्यालयको पहलमा तथा जिल्ला ट्राफिक कार्यालयको समन्वयमा यस कार्यलाई अगाडी बढाइएको वडा सदस्य वाग्लेको भनाई छ। यो काम भएपछि दुर्घटना कम हुने विश्वास वडा कार्यालयले लिएको छ । यसका साथै सवारी चालकले सवारी साधन चलाउँदा होसियारी अपनाउन हुन तथा पैदल यात्रुहरुले यात्रा गर्दा  सचेत भएर ट्राफिक सङ्केतको पालना गर्न समेत वडा कार्यालयले आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button