प्रहार समाचार । काठमाडौँ, बैशाख ९ । विभिन्न माग राख्दै सिंहदरबारस्थित निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने आन्दोलन कारी पक्राउ परेका छन् ।

सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनमा उत्रिएका विद्यार्थी सङ्गठनका १६ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
पकाउ पर्नेमा अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका संयोजक मिलन राई, क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यालय सदस्य अविनाश कुँवर र पार्टी सचिवालय सदस्य हरिकृष्ण गजुरेल लगायत आन्दोलन गर्ने १६ जनालाई पक्राउ गरिएको र उनिहरुलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको प्रवक्ता अधिकारीले बताए ।
























