हेडलाईनसमाचारप्रदेश

पूर्वराष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरव पदकले सम्मान गर्दै एमाले

प्रहार समाचार । काठमाडौँ, बैशाख ९ । नेकपा एमाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकले सम्मान गर्ने निर्णय गरेको छ । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले पूर्व राष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरव पदकले सम्मान गर्ने निर्णय गरेको हो।

परिषद् बैठकको अध्यक्षता गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेको प्रस्ताव प्रस्तुत गर्दै पूर्व राष्ट्रपति भण्डारीलाई सम्मान गर्न लागेको बताएका हुन् ।

एमालेकी पूर्व उपाध्यक्षसमेत रहेकी भण्डारी दुईपटक राष्ट्रपति भएकी थिइन् । नेकपा स्थापनाको ७५ वर्ष पुगेको अवसरमा सोमबार हीरक जयन्ती महोत्सव मनाउँदै भण्डारीलाई सम्मान गरिने पार्टीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button