हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकीसूचना प्रविधि

१० वर्षिय रिमालले बनाए बिजुलीबाट चल्ने स्कूटर

प्रहार समाचार । तनहुँ, बैशाख ८ । नयाँ खोज, आविश्कार गर्न पठाइको डिग्रीनै पास गर्नु पर्दैन , काम प्रतिको रुचि र लगनशिलता भए पुग्छ भन्ने उदाहरणका पात्र बनेका छन् १० बर्षिय निश्छल रिमाल ।

उमेरका हिसावले  १० वर्षमात्र भएका रिमालले बिजुलीबाट चल्ने स्कूटर बनाएर सबैलाई चकित तुल्याएका छन्।  पढाइका साथसाथै अतिरिक्त क्रियाकलापमा विशेष रुचि राख्ने उनले विशेष गरेर इलेक्ट्रोनिक सामान बनाउनमा सानैदेखि धेरै रुचि भएको बुबा नारायण रिमालले बताए ।

‘पेट्रोलियम आयातमा धेरै रकम खर्च हुने भएकाले बालकले प्रयोग गरेको प्रविधिलाई सरकारले सहयोग गरेर उद्योग स्थापना गर्नु पर्छ ‘ स्कुलका प्रिन्सिपल पुष्पराय क्षेत्रीले भने ।

स्कुटर बनाएर चर्चा कमाएपछि भेटेर जिज्ञासा राख्ने र बधाई दिनेको भिड लागेपछि बालकका बुवा नारायण रिमाल र आमा लक्ष्मी रिमाल दङ्ग परेका छन् । छोराले युट्युब हेरेर बिजुलीबाट चल्ने स्कुटर बनाउन सक्ने बताएपछि आवश्यक रकम दिएको निश्छलकी आमा लक्ष्मी रिमालले बताइन् । उनि भन्छिन्  “छोराले नयाँ नयाँ प्रविधिप्रति रुचि राख्ने भएकाले सफलता हात पार्न नसके पनि ज्ञान आर्जन गर्न सक्छ भनेर पैसा दिएको हो, सफल हुँदा खुसी लागेको छ ।” 

निश्छलले स्कूटर बनाउन ७५ हजार  खर्च भएको र उक्त रकम बुवाआमाले प्रदान गरेको जस्मा आधा घण्टा चार्ज गरेर १० किलोमिटर गुडाउन सकिने बताए ।

भविष्यमा बिजुलीबाट चल्ने कार बनाउने योजनामा रहेको रिमालले  “स्कुटर निर्माण जस्तै कारमा पनि सफलता मिल्नेमा ढुक्क छन्।  बालकको क्षमता देखेर चकित परेको र हौसला दिन बधाई दिन गएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले बताए । “यस्ता क्षमतालाई . प्रोत्साहन गर्न नगरपालिका सधै सकारात्मक रहेको पनि मेयर पण्डितले बताए । रिमाल शुक्लागण्डकी नगरपालिका–४, दुलेगौँडा बजारमा बस्छन् । .
.


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button